९ मंसिर २०८१, आईतवार
अस्ट्रेलियामा उत्तरपूर्वी भागमा आएको बाढीले हजारौँको सङ्ख्याका घरहरू डुबानमा परेका छन् ।
अहिलेसम्म करिब २० हजार घर बाढीबाट प्रभावित भएको र अझै पनि वर्षा र ठूलो हुरी आउने सम्भावना रहेको मौसमविद्ले बताएको छ ।
व्यापक वर्षा भएपछि अधिकारीहरूले रोस नदीको बाँध खोलेका थिए ।आइतबार सो बाँध खोलेपछि प्रति सेकेण्ड १९०० क्युबिक मिटर पानी त्यसबाट बाहिर गएको छ ।
पानी बढेपछि सुरक्षाकर्मीहरू गएको शनिवार बिहान घरघर गएर सतर्क रहन स्थानीय बासिन्दालाई आग्रह गरेका थिए ।
अझै केही दिन वर्षा हुने भएकोले सतर्क रहन सबैलाई आग्रह गरेका छन् ।