खानेपानीको समस्या हल गर्न सरकार गम्भीर छ : खानेपानी मन्त्री मगर

होमल्याण्ड खबर

२०७५ फाल्गुन २ गते, बिहीबार १३:०० मा प्रकाशित

खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई निकै गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताएकी छिन् ।

काठमाडौं उपत्यका खानेपानी (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौं बासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको जानकारी दिएकी हुन् ।

मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार निकै गम्भीर ढंगले अघि बढिरहेको बताएकी छिन् । बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् । केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गरिन् ।

उनले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने बताइन् । कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन समेत आग्रह गरे ।