५ नम्बर प्रदेशमा भोलि सार्वजनिक बिदा

होमल्याण्ड खबर

२०७५ फाल्गुन २ गते, बिहीबार १४:११ मा प्रकाशित

प्रदेश स्थापना दिवसको अवसरमा ५ नम्बर प्रदेश सरकारले शुक्रवार सार्वजनिक बिदा घोषणा गरेको छ ।

दिवसको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश सरकारको माघ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा जनाइएको छ ।