१० मंसिर २०८१, सोमबार
नेपाली क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग फाइनल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनको टिम मेलबर्न स्टार्सले टस जितेर पहिले बलिङ गर्दैछ । आजकोफाइनल खेलमा मेलबर्न स्टार्स आरोन फिन्चको कप्तानीमा रहेको टिम मेलबर्न रेनेगेड्सविरुद्ध खेलिरहेको छ ।
बीबीएल सिजन ८ अन्तर्गत फाइनल खेलमा आज मेलवर्न डर्बीमा भिडन्त भइरहेको छ । जसमा सन्दीप रहेको मेलवर्न स्टार्स र मेलवर्न रेनेगाड्स पहिलो पटक उपाधि जित्ने योजनाका साथ खेल्दैछन्।
मार्भेल स्टेडियममा भइरहेको फाइनलमा सन्दिपको टिम मेलवर्न स्टार्सका कप्तान ग्लेन म्याक्सवेलले ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेका छन्। स्टार्सले सेमिफाइनलमा होबार्ट हुरिकेन र रेनगाड्सले सिड्नी सिक्सर्लाई पराजित गरेको थियो।