९ मंसिर २०८१, आईतवार
सरकारी कार्यालयमा भएका कामकारवाही, नीति तथा नियमावली प्रशासन गरी नागरिकलाई सुचना प्रदान गर्नको लागि बनाइएको सरकारी कार्यालयका वेभसाइटहरु अपडेट खासै चासो देखाएको पाइदैन् ।
वार्षिक हजारौ खर्च गरेर निर्माण गरीएका सरकारी निकायका वेभसाईटहरु खोल्दा पुुरानै विवरण, कर्मचारी अपडेट र पछिल्ला तथ्यांकहरु ने रहने गरेको देखिन्छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय भक्तपुरको वेब साईड समेत केही महिनादेखि अपडेट भएको देखिदैन् । बिगतमा पनि निरन्तर रुपमा अपडेट हुन नसकेको वेभसाइट विगत केही महिनादेखि सून्य प्रायः देखिन्छ ।
कार्यालयका सम्पादन गरेका काम तथा कारबाहीहरुको पालना गरेको नीति निर्देशन सार्वजनीक गर्न वार्षिक हजारौं खर्च गरेर वेभ बनाएको बताइएता पनि यसले निरन्तरता पाउन सकेको छैन् ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले नेपाल तारा अनलाइनसँगको कुराकानीमा वेभसाइट अपडेट नभएको कुरा स्वीकार गर्दै आगामी दिनहरुमा यस्तो गल्ती नहुने र चुस्त दुरुस्त रुपमा जिल्लाका गतिविधी तथा कामकारबाही सम्बन्धी सम्पूर्ण विवरणहरु राखिने बताए ।
खास गरेर जिल्ला प्रशासन कार्यालयको वेभसाइटमा जिल्ला प्रशासान कार्यालयको नागरिक वडा पत्र, नागरिकता त्याग र रद्द विवरण, जिल्लाका कार्यालयका सूचना अधिकारीको विवरण कर्मचारी विवरण, शाखाहरु, महत्वपूर्ण लिङ्कहरु, हालसम्मका प्रमुख जिल्ला अधिकारीहरुको विवरण, जिल्लाको संक्षिप्त परिचय, तथा बार्षिक प्रगति विवरण राखिने गरिन्छ ।