२९ फाल्गुन २०८२, शुक्रबार
समाज कल्याण परिषद्का पदाधिकारीहरु बर्खास्तमा परेका छन् ।
फागुन ३ गते बसको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमासञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आर्थिक प्रशासनिकलगायतका अनियमितताका गरेका कारण सोमबारको मन्त्रिपरिषद बैठकले उनीहरुलाई बर्खास्त गरेको बताएका हुन् ।


बर्खास्त हुनेहरुमा परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु कुञ्जकुमार झा, गोकर्ण भट्ट र सदस्यसचिव डिल्लीप्रसाद भट्ट रहेका छन् ।
सरकारले ती पदाधिकारीहरुलाई कानुनी कारबाहीका लागि प्रक्रियासमेत अघि बढाएको जनाएको छ ।