२९ फाल्गुन २०८२, शुक्रबार
सूर्यविनायक नगरपालिकाले कार्यालय समय भित्र आफ्ना माताहातका कर्मचारीलाई जथाभावी फेसबुक चलाउन रोक लगाएको छ ।
कार्यालय समयमा फेसबुक चलाउँदा सेवाग्राहीको काममा वाधा पर्ने भन्दै नगरपालिकाले फेसबुक चलाउन रोक लगाएको हो ।


नगरको कार्यपालिकाको बैठकले नै निर्णय गरेर कार्यलय समयभित्र फेसबुक चलाउन नपाईने निर्णय भएको नगर प्रमुख बासुदेव थापाले जानकारी दिए ।
नगर प्रमुख थापाका अनुसार ’कार्यालय समयमा सेवाग्राहीको काममा ढिलासुस्ती तथा कार्यालयको काम प्रभावित नहोस भनेर यस्तो खालको निर्णय गरेका हौँ। अब सूर्यविनायक नगरपालिका भित्र कर्मचारी तथा सेवा लिन आएका सेवाग्राहीले समेत उक्त समयमा फेसबुक चलाउन नपाईने बताइएको छ ।
तर कार्यालय समय भन्दा बाहिर शुक्रबारको लागि २ बजे र अरु बारको लागि ४ बजे पछि मात्रै नेट खोल्न पाईने नियम बनाएको कार्यलयकी कम्युटर अपरेटर सुमित्रा थापाले जानकारी दिइन्। उनका अनुसार नेट चलाउनको लागि एकघण्टा मात्र खोल्न पाईने छ ।