२९ फाल्गुन २०८२, शुक्रबार
सरकारी चिकित्सकहरूले आज बुधबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने भएका छन् ।
कर्मचारी समायोजन विधेयक सच्याउन माग गर्दै सरकारी चिकित्सक संघ (गोदान)ले आकस्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने भएका हुन् ।


सरकारले अगाडि बढाएको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै डाक्टरहरुले विगत केही सातादेखि आन्दोलन गर्दै आइरहेका छन् । सरकारले माग सम्बोधन नगरेको भन्दै उनीहरुले आजबाट आकस्मिक बाहेकको सेवा बाहिस्कारको आन्दोलन सुरु गरेका हुन् ।
संघीयता कार्यान्वयनका क्रममा समायोजन गर्दा भेदभाव गरिएको भन्दै गोदानले सुरुवातदेखि आन्दोलन गर्दै आएको छ।
गोदानको आन्दोलनमा नेपाल चिकित्सक संघले समेत सघाएको छ।
बुधबार परेको स्वास्थ्य सेवा दिवस पनि बहिस्कार गर्ने घोषणा गरेको गोदानले जनाएको छ ।