हेलिकप्टरमा चढ्न यसरी गएका थिए पर्यटनमन्त्री अधिकारी, हेर्नुहोस् उनको जीवनको अन्तिम फोटो

होमल्याण्ड खबर

२०७५ फाल्गुन १५ गते, बुधबार १६:४९ मा प्रकाशित

पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जना चढेको हेलिकप्टर दुर्घटना भएको छ। ताप्लेजुङको फक्कालुङ गाउँ पालिका र फुङलिङ नगरपालिकाको सीमामा पर्ने जंगलमा हेलिकप्टर दुर्घटना भएको स्थानीयले जानकारी दिए। नेकपाका स्थानीय नेता सन्तोष खतिवडाले डिसी नेपाललाई दिएको जानकारी अनुसार हेलिकप्टरमा आगो दन्केको थियो।

मानवीय बस्तीबाट हिँडेर करिव २ घण्टा लाग्ने पहाडमा दुर्घटना भएको खतिवडाले जानकारी दिए। मानव वस्तीबाट टाढा भएकोले दुर्घटनाको खबर र उद्धारमा निकै ढिला भएको खतिवडाले बताए। मन्त्री अधिकारी यहाँ निर्माणाधीन विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने उद्देश्यसहित गएका थिए । उनी हेलिकप्टर चढ्नुअघिको फोटो सार्वजनिक भएको छ । यो फोटो दीपक उप्रेतीले खिचेको बताइएको छ ।