२९ फाल्गुन २०८२, शुक्रबार
सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको बैठकले हेलिकप्टर दुर्घटनाका विषयमा छानविन गर्न ४ सदस्यीय छानविन समिति गठन पनि गरेको छ।


पूर्वपर्यटन सचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति गठन गरेको हो।
सरकारले मन्त्री अधिकारीको निधनको शोकमा बिहिबार राष्ट्रिय शोक मनाउदै देशभर र विदेशस्थित कुटनीतिक नियोगमा सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।
तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टरमा सवार सात जनाको निधन भएको हो। हेलिकप्टर ताप्लेजुङको पाथिभरा नजिकै दुर्घटनामा परेको हो।
दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, नागरिक उड्डयन प्राधिकरण ९क्यान०का नायव महाप्रबन्धक विरेन्द्र श्रेष्ठ, मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे, क्यानका ध्रुब भोचिभैया र हेलिकप्टर चालक क्याप्टेन प्रभाकर केसीको निधन भएको छ।