२९ फाल्गुन २०८२, शुक्रबार
भरतपुर महानगरपालीका— ४ लंकुमा रहेको कवाडी संकलन केन्द्रमा गएराति आगलागी भएको छ।
प्रदीप गुप्ताले सञ्चालन गरेको उक्त कवाडी संकलन केन्द्रमा गएराति साढे १ बजे सुरु भएको आगो विभिन्न प्रयासपछि बिहान मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।


आगलागीबाट केन्द्रका सम्पुर्ण संकलीत कवाडी सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ। केन्द्रका सञ्चालक घटनास्थल बाहिर रहेकाले के कति क्षति भयो भन्ने यकिन विवरण आउन सकेको छैन ।
राति आगालागी भएको देखेपछि स्थानीयले नजिकै डेरा गरी बस्ने कामदारलाई खबर गरेका थिए। ती कामदारले आगलागीबारे प्रहरीलाई जानकारी गराएको बताइएको छ ।
आगो लाग्नुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।