९ मंसिर २०८१, आईतवार
नेपालमा फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने भनेर भएका हल्लाहरू निराधार रहेको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
संचार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा फेसबुक लगायतका सामाजिक सञ्जालहरु बन्द हुने भनेर आएका सूचनाहरू गलत भएको जनाएको हो।
जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकार तथा सञ्चार मन्त्रालय, सूचना विभागको नाम राखी फेसबुक, ट्विटर जस्ता सामाजिक संजाल पूर्ण रुपमा बन्द गरिने जस्ता भ्रामक सूचना फेसबुक लगायतका सामाजिक संजाल प्रयोगकताउबाट पोष्ट गरी भ्रम फैलाउन टिप्पणी समेत गरेको सम्बन्धमा यस मन्त्रलयको गम्भीर ध्यानाकर्षण भएको छ ।
साथै विज्ञप्तिमा यसरी भ्रमित पार्ने सूचना सम्प्रेषण गर्ने व्यक्तिमाथि अनुसन्धान सुरु भएको र चाँडै नै कानुनी कारबाहीको दायरामा ल्याइने उल्लेख छ ।