पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः रसियन नागरिकको मृत्यु

होमल्याण्ड खबर

२०७५ फाल्गुन २१ गते, मंगलवार १३:०७ मा प्रकाशित

पोखरामा आज पनि प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जनाका मृत्यु भएको छ ।

सरांकोटबाट उडेको केहिबेरमा नै रसियन नागरिक विएमआइ जिभिआइएलको दुर्घटनामा मृत्यु भएको हो।

दुर्घटनामा परेका उनको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ।

गत फागुन १९ गते रोमानियाका एक नागरिकले उडाएको प्याराग्लाइडिङ फेवातालमा खसेर उनको मृत्यु भएको थियो ।