९ मंसिर २०८१, आईतवार
कलर्स मोबाइलले प्राइड सिरिजको ‘प्राइड वन ए’ सार्वजनिक गरेको छ । यो स्मार्टफोन प्रारम्भिक चरणको एन्ड्रोइड फोन हो । उक्त मोबाइल फोनमा पाँच इन्च स्क्रिन, २.५ इन्च कर्भ ग्लास, उच्च टिकाउयुक्त २२०० मेगाहर्ज ब्याट्री, डबल सिम (टुजी–थ्रिजी), ५ एमपी डुअल रिअर र फ्ल्यास सहितको २ एमपी फ्रन्ट क्यामेरा रहेको छ ।
टेलिटकका मार्केटिङ्ग म्यानेजर राज थापाका अनुसार, “नेपालमा प्रारम्भिक बजेटको स्मार्टफोनका लागि ठूलो बजार रहेको छ । त्यसमध्ये प्राइड वन ए एउटा उत्तम विकल्प हो ।”
कम्पनी कलर्सले आफ्ना ग्राहकलाई विशेष सुविधासहित आकर्षक मूल्यमा मोबाइल फोन उपलब्ध गराउने गरेको छ । हाल नेपालमा कलर्स मोबाइलका ३५ लाखभन्दा बढी ग्राहक रहेका छन् ।
–५ इन्च स्क्रिन
–१.३ गिगाहर्ज क्वाड कोर प्रोसेसर
–२.५ डी स्क्रिन
–एन्ड्रोइड गो ८.१
–डुअल रिअर क्यामेरा (५ एमपी क्यामेरा + भिजिए + २ एमपी फन्ट फ्ल्यास)
–टुजी र थ्रीजी नेटवर्क सपोर्ट गर्ने
–२२०० मेगाहर्ज ब्याट्री