भारतको जम्मुमा फेरि आतंकवादी आक्रमण, २५ यात्रु सवार बसमा ग्रेनेड हानेर विष्फोट

होमल्याण्ड खबर

२०७५ फाल्गुन २३ गते, बिहीबार १३:४९ मा प्रकाशित

भारत नियन्त्रित जम्मुमा ठूलो आतंकवादी आक्रमण भएको छ । बिहीबार यहाँ यात्रुवाहक बसमाथि ग्रेनेड प्रहार गरिएको हो । आज साढे ११ बजेको समयमा बसमाथि ग्रेनेड प्रहार भएको हो । आक्रमणमा १८ भन्दा धेरै घाइते भएको बताइएको छ । घाइतेहरुलाई जम्मु मेडिकल कलेजमा भर्ना गरिएको छ । झण्डै २५ यात्रु सवार बसमा ग्रेनेड हानिएको बताइएको छ ।

ग्रेनेड हान्नासाथ बसमा विष्फोट भएको थियो । विष्फोटको खबर पाउनासाथ पुलिसले पूरै क्षेत्रलाई नियन्त्रणमा लिएको छ । विष्फोट भएको ठाउँ भीडभाड वाला क्षेत्र भएको बताइएको छ । अहिले पुलिसले विष्फोट गराउनेको खोजीमा सिसिटिभी फुटेजको जाँच गरिरहेको छ । विष्फोट राज्य परिवहनको बसमा भएको बताइएको छ । विष्फोटका बेला बस स्टेशनमा रोखिएको थियो । झण्डै २५ यात्रुहरु बसभित्र थिए ।