२९ फाल्गुन २०८२, शुक्रबार
काठमाडौंको हनुमानढोका नजिकै मखनटोलामा लागेको आगो नियन्त्रणमा आएको छ ।
बिहीबार दिउँसो १२ः३० बजे स्थानीयको घरबाट सुरु भएको आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको हो ।


स्थानीयका अनुसार तार सर्ट भएर सुरु भएको आगो ग्यास स्टोरमा पुगेको थियो । आगलागीबाट ९ वटा ग्यास सिलिण्डर पड्किएको र नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएका छन् ।
आगो नियन्त्रणमा आएको, ३ वटा घरमा क्षति पुगेको, आगलागी हुनाको यकिन कारण र क्षतिको विवरण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।