आगलागीमा परि घाइते भएकी बालिकाको मृत्यु

होमल्याण्ड खबर

२०७५ फाल्गुन २४ गते, शुक्रबार ११:२० मा प्रकाशित

डडेल्धुराको आलिताल गाउँपालिका–८ मा घुम्ती बजारमा आगलागीमा परि एक बालिकाको मृत्यु भएको छ ।

फागुन १४ गते आगलागीमा परि घाइते भएकी उत्तम थापाकी ११ वर्षीया छोरी निरुता थापाको मृत्यु भएको हो। उनको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

थापाको किराना पसलबाट आगलागी हुँदा थापाकी ८ वर्षीया कान्छी छोरी आरती थापाको यसअघि नै मृत्यु भएको थियो।

थापाकी २ छोरी आरती र निरुता मैनबत्ती बालेर किताब पढिरहेको बेला मैनबत्ती सल्किएर पसल नै जलेको थियो।