प्रदेश सांसद देवकी मल्ल अपहरित

होमल्याण्ड खबर

२०७५ फाल्गुन २४ गते, शुक्रबार १६:२८ मा प्रकाशित

प्रदेश सभा सांसद देवकी मल्ल अपहरणमा परेकी छन् ।

शुक्रबार बिहान ११ बझाङ ‘ख’की प्रदेश सभा सांसद मल्ल अपहरणमा परेको सुरक्षा स्रोतले जनाएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सूर्य सुनारले भने, ‘अहरण भएको खबर आएको छ। हामी त्यसलाई पुष्टि गरिरहेका छौं।’

नारी दिवसको अवसरमा बुंगल नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा सम्बोधनका लागि जाँदै गर्दा अपहरणमा परेको बताइए पनि कसले अपहरण गर्यो भन्नेबारे खुल्न सकेको छैन ।