सिभिल होम्स्को एक हजार एकऔं ग्रहाकलाई अभिनन्दन

होमल्याण्ड खबर

२०७५ फाल्गुन २९ गते, बुधबार १४:११ मा प्रकाशित

आधुनिक शहरीकरणका लागि अग्रणी मानिएको सिभिल होम्सले एक हजार एक नम्बरको ग्राहकलाई अभिनन्दन गरेको छ । २०५७ सालमा स्थापना भएका सिभिल होम्सले १ हजार एक घर बेचेको अवसरमा थाउजेण्ड स्माइ सेरेमोनी आयोजना गरेको थियो । यो संस्था हाउजिङ क्षेत्रमा ‘आईओएस’ प्रमाणपत्र पाउने नेपालको पहिलो संस्था रहेको छ ।

१८ वर्षको अन्तरालमा यस ग्रुपले सिभिल सेभिङ, सिभिल होम्स, सिभिल बैंक, सिभिल आरएमसी लगायत डेढ दर्जन बढीले सेवा दिइरहेका छन् । सिभिल होम्सले काठमाडौंमा एक कार्यक्रम गर्दै १ हजार एक घर किन्ने सेवाग्राहीलाई गोल्ड मेडलसमेत दिएको छ ।

सिभिल होम्स् हाउजिङ्ग क्षेत्रको पायोनियर संस्था हो । वितेका १८ वर्षमा सिभिल होम्स्ले प्रवद्र्धन गरेका परियोजनाले राष्ट्रको विकासमा अहंम् भूमिका निभाएका छन् । अहिले बजारमा घर भनेकै सिभिल होम्स् भन्ने स्तरको परिचय कायम गर्न सफल यस संस्थाको फेज–१ भैसेपाटीवाट प्रारम्भ भएको यात्रा कलंकी तीनथाना, सुनाकोठी, धापाखेल, खुमलटार, रामकोट – सीतापाइला हुँदै अहिले नवौ फेज गोदावरीमा पुगेको छ ।

यसरी भयो हजार घरको हस्तान्तरण
भैसेपाटीमा संचालनमा ल्याएको पहिलो परियोजनामा २४ रोपनी जग्गामा ५२ वटा घरहरु निर्माण गरी २१ देखि ३१ लाखको मूल्यमा सम्बन्धित घर खरिदकर्तालाई हस्तान्तरण भएको सिभिल होम्स्ले जनाएको छ । ७५ रोपनी जग्गामा बनेका दोस्रो परियोजनाका १ सय २३ वटा घरहरु पनि हस्तान्तरण भए । कम्पनीले नेपालकै सबभन्दा सुन्दर र व्यवस्थित वस्तीका रुपमा चिनाएको फेज–३ अन्तरगत सुनाकोठीमा १ सय २७ रोपनी जग्गामा बनेका १ सय ९५ वटा घर हस्तान्तरण भैसकेको छ ।
त्यसैगरी, १९ रोपनी क्षेत्रफलमा बनेका कोलोनी–१ सुनाकोठीका ७२ वटा घर विधिवत हस्तान्तरण भै सकेका छन् भने सिटी वस्ती परियोजना फेज–६ खुमलटारमा बनेका ७२ वटा घरहरु पनि हस्तान्तरण भईसकेका छन् ।
सिभिल होम्स्का अनुसार, फेज–४ धापाखेल, फेज–७ सितापाइला र फेज–९ गोदावरीका घर विक्री र निर्माणकार्य द्रुत रुपमा रहेको अवस्था छ । १३५ रोपनी क्षेत्रफलमा अवस्थित फेज–४ धापाखेलमा बन्ने ३०० वटा घरमध्ये २९३ घर विक्री भैसकेका छन् ।
यसैगरी, फेज–७ सितापाइलामा ४५ रोपनीमा बन्ने १०८ घरमा ६६ घर विक्री भइसकेका छन् । गएको वर्ष शुभारम्भ गरिएको फेज–९ गोदावरी परियोजना ४२ रोपनी ७ आना क्षेत्रफलमा रहेको छ । यस परियोजनामा बन्ने १०७ घरमध्ये ४६ घर हाल विक्री भैसकेका छन् । विक्री भैसकेका बाँकी घरहरु पनि धमाधम निर्माणको अवस्थामा रहेको सिभिल होम्स्का प्रवक्ता भीम खरेलले जनाएका छन् ।

आधुनिक सहरीकरणमा सिभिल

काठमाडौं सुन्धारामा रहेको सिभिल मल, सि. टी. सी. मल, सिभिल लक्जरीका साथै धापाखेलमा रहेको सिभिल अपार्टमेन्टले अधुनिक काठमाण्डौंको शान बढाएको अध्यक्ष तमाङले बताए ।
पछिल्लो पटक यस गु्रपले अत्याधुनिक प्रविधि र क्षमतायुक्त सिभिल रेडिमिक्स कंक्रिट तथा प्रिकास्ट उद्योग गोदावरी नगरपालिकाको ठैवमा संचालनमा ल्याएको छ । ढलान स्लाव लगायतका नयाँ प्रविधि र विधिमा पनि कम्पनीले थप उत्साहका साथ काम गर्ने तमाङले जनाए । यसका लागि पनि व्यवस्थापनमा सुधार गरेका छौं, तमाङको कथन छ ।

राष्ट्र निर्माणको महान अभियानमा सिभिल गु्रपको उपस्थिति बलियो रहेको बताउँदै सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले अब स्मार्ट सिटीको लागि नमुना शहर बनाउने योजना भएको जनाएका छन् । १८ वर्षका अवधिमा यस गु्रपमा आवद्ध सिभिल सेभिङ्ग, सिभिल होम्स्, सिभिल बैंक, सिभिल स्टेट्स, सिभिल आर. एम. सी. लगायतका दर्जन भन्दा बढी संस्थाहरु सामेल छन् ।