२९ फाल्गुन २०८२, शुक्रबार
महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने अमेरिका आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार साँझ एक स्वागत समारोहको आयोजना गर्दै सम्मान गरिएको छ ।
अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्तरूपमा स्वागत समारोहको आयोजना गरेका थिए । कार्यक्रममा न्यूयोर्कस्थित कूटनीतिक समुदाय, संयुक्त राष्ट्रसङ्घका पदाधिकारी, व्यापारिक समुदाय र नेपाली समुदायका प्रतिनिधिहरु सहभागी थिए ।

