९ मंसिर २०८१, आईतवार
न्युजिल्याण्डको क्राइष्टचर्चको मस्जिदमा भएको आतंककारी हमलाप्रति नेपाल सरकराले भर्त्सना गरेको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै ४९ जनाको ज्यान जाने गरी भएको हमलालाई आतंकवादको औचित्यहीन गतिविधिको संज्ञा दिएको हो ।
विज्ञप्तिमा ‘दर्जनौं मारिने गरी न्युजिल्याण्डको क्राइष्टचर्चमा रहेका मस्जिदहरुमा भएको गोलीकाण्डबाट हामी स्तब्ध भएका छौं। नेपाल सरकार यो आतंकवादको औचित्यहीन गतिविधिको घोर भर्त्सना गर्दछ ।’ उल्लेख छ ।
विज्ञप्ति