होलीको रंगमा गुरु–चेला दंग

होमल्याण्ड खबर

२०७५ चैत्र ५ गते, मंगलवार १५:३९ मा प्रकाशित


केही वर्ष अधिसम्म पनि होली नजिक आएसँगै चेलीबेटीलाई घर बाहिर निस्कन कठिन हुन्थ्यो । होलीको दिन आउनु पहिल्यै लोला र फोहोर पानीले हैरान हुन्थ्यो । क्याम्पस आसपासका क्षेत्रमा त बिरामी माथि पनि यस्तै दुव्यवहार हुने गथ्र्यो । तर अहिले होलीको शैली बदलिएको छ ।

काठमाण्डौंका केही क्याम्पसमा मनाइएको होली कार्यक्रमले चेलीबेटीले हैरानी होइन हार्दिकताको महशुष गरे । चैत्र ६ गते होली पूर्णिमा भए पनि क्याम्पसहरुमा ५ गते मंगलबार नै होलीको रमरझ देखिन्थ्यो ।
होलीका कारण हैरानी होइन हार्दिकता बढेको महशुस गरेका छन् नेपाल कानून क्याम्पसका सहायक क्याम्पस प्रमुख सनद देवकोटाले । देवकोटाको कथन छ ‘शिष्ट रुपमा मनाए विकृति आफै घट्न सक्छ ।’

काठमाण्डौंका नेपाल कानून क्याम्पस र गणेशमान क्याम्पसमा होलीका अवसरमा विद्यार्थी र शिक्षक बीच देखिएको हार्दिकतालाई होमल्याण्ड खबरले समेट्ने प्रयास गरेको छ ।