९ मंसिर २०८१, आईतवार
नेपाली कामदार जापान लैजाने विषयमा नेपाल र जापानबीच आज सम्झौता हुँदैछ । आउँदो अप्रिलदेखि जापानले नेपाली कामदार लैजाने प्रक्रिया सुरु गर्ने बताएको छ ।
उक्त सम्झौतामा जापानले भाषा परीक्षा उत्तीर्ण हुने कामदार मात्रै जापान लैजाने निधो गर्ने भएको छ । चीन, फिलिपिन्स, थाइल्याण्ड, म्यानमारसँगै नेपालबाटसमेत कामदार लैजान चाहेको जापानले कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ आदि १४ वटा क्षेत्रमा काम गर्न पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी कामदार लैजान चाहेको छ ।
श्रम मन्त्रालयका अनुसार जापानमा रोजगारीमा जान एनफोर भाषा परीक्षा उत्तीर्ण हुनुपर्छ। जापानले नेपालबाट दक्ष र अदक्ष दुवै खालका कामदार लैजानेछ ।
कामदारको तलब भने सम्बन्धित जापानी कानुनअनुसार नै हुँनेछ ।