बुधबारसम्म मेघगर्जनसहितको वर्षा हुने

होमल्याण्ड खबर

२०७५ चैत्र १२ गते, मंगलवार १०:५७ मा प्रकाशित

उपत्यकालगायत देशको अधिकांश क्षेत्रमा मेघगर्जनसहित  वर्षा भएको जल तथा मौषम पूर्वानुमान महाशाखाले जनाएको छ।

मेडिटेरानियन समुन्द्रबाट आएको जलवाष्पयुक्त हावाका कारण मंगलबार काठमाडौं उपत्यकासहित पश्चिमी र केही पूर्वी क्षेत्रमा वर्षा भइरहेको महाशाखाले जनाएको छ।

देशकोपश्चिमी र मध्य भूभागमा पूर्ण बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहने र पश्चिमी क्षेत्र र काठमाडौं उपत्यका लगायत पूर्व क्षेत्रको केही स्थानमा मेघगर्जन सहितको वर्षा भएको महाशाखाले जनाएको छ।

आज देशका अधिकांश स्थानहरूमा सामान्य देखि पूर्ण बदली भूभागहरूमा मेघ गर्जनसहितको वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बुधबार अपरान्हबाटबाट मौषमा सुधार हुने बताइएको छ।