नेप्सेको कार्यालयमा धर्ना दिन पुगेका १४ अनसनकारी गिरफ्तार

होमल्याण्ड खबर

२०७५ चैत्र १२ गते, मंगलवार १३:२९ मा प्रकाशित

नेप्सेको कार्यालय अगाडि अनसन बस्न गएका सेयर लगानीकर्ता दबाब समूहका १४ अनसनकारी गिरफ्तारमा परेका छन् ।

मंगलबार बिहान १० बजे अनसन बस्न नेप्से पुगेका लगानीकर्तालाई नेप्से हाताभित्र नबस्न आग्रह गरेपनि आग्रह अस्विकार गर्दै अनसन सुरु गरेपछि पक्राउ परेका हुन् ।

गिरफ्तारमा परेका लगानीकर्तालाई महानगरिय प्रहरी परिसर सिंहदरबार लगिएको छ ।

सेयर बजारको विकास र विस्तारका लागि भन्दै ३२ बुँदे मागसहित अनसन सुरु गरेका उनीहरुले सोमबार नेप्से परिसरमा कालो बेलुन समेत उडाएर थिए ।