सिरहामा आजको एसईई परीक्षा रद्द

होमल्याण्ड खबर

२०७५ चैत्र १४ गते, बिहीबार १६:५१ मा प्रकाशित

सिरहामा विज्ञान विषयको इमो प्रश्नपत्र बाहिरिएपछि २ नम्बर प्रदेशमा विज्ञान विषयको परीक्षा रद्द भएको छ । सिरहाको कलियानपु, जम्दह र डणडा सेन्टरमा विज्ञान विषयको इमो प्रश्नपत्र बाहिरिएपछि २ नम्बर प्रदेशका सम्पूर्ण जिल्लामा उक्त विषयको परीक्षा रद्द भएको हो । 

उक्त विषयको परीक्षा चैत २२ गते हुने जनाइएको छ । परीक्षामा अर्यादित गतिविधि गरेको आरोपमा १० जना परीक्षार्थीहरुलाई  अनुगमन समितिले परीक्षा केन्द्रबाट निश्कासन गरेको छ । निश्कासनमा परेका सबै परीक्षार्थीको आजको विज्ञान विषयको परीक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाई सिरहाले जनाएको छ ।

परीक्षा अनुगमन समितिले लहान नपा को ब्रम्हान गोर्छारी परीक्षा केन्द्रबाट ५ जना र पशुपति आदर्श मावि परीक्षा केन्द्र लहानबाट ५ जना परीक्षार्थी निस्काशन गरिएको शिक्षा समन्वय इकाई प्रमुख दोलराज पाण्डेयले जानकारी दिए ।

त्यस्तै ब्रम्हान गोरछारी परीक्षा केन्द्रभित्रै मोवाईल लगेका ३ जना र चिट चोरेको आरोपमा २ जना परीक्षार्थीलाई निश्कासन गरेको पाण्डेले बताए ।  पशुपति मा.वि.परीक्षा केन्द्रबाट परीक्षामा अमर्यादित गतिविधिको आरोपमा ५ जना विद्यार्थी निश्कासन गरेको जनाएको छ । 

परीक्षा हलभित्रै मोबाईल लगेर भाइवर र इमोमार्फत प्रश्नपत्र बाहिर पठाउने गरेको पाइएको छ । धेरैजसो परीक्षा केन्द्रका परीक्षार्थीबाट मोवाइल समेत बरामद गरिएको छ ।