अफगानिस्तानमा भिडन्तः प्रहरीसहित २४ को मृत्यु

होमल्याण्ड खबर

२०७५ चैत्र १५ गते, शुक्रबार १५:३० मा प्रकाशित

एजेन्सीः अफगानिस्तानका दुई वटा प्रान्तमा विद्रोही तालिबान समूहले गरेको पछिल्लो आक्रमणमा परी १४ जना प्रहरी अधिकृतसहित कम्तीमा २४ जनाको मृत्यु भएको छ । प्रहरी चेकपोस्टमाभएको सो आक्रमणमा अन्य धेरै मात्रामा व्यक्तिहरु घाइते भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

घाज्नी प्रान्तको राजधानी शहर घाज्नीको बाहिरी इलाकामा रहेको प्रहरी चेकपोस्टमा तालिबान समूहले गरेको आक्रमणमा जिल्ला प्रहरी प्रमुखसहित नौ जना प्रहरी अधिकृत मारिएको समाचारम उल्लेख छ । आक्रमणमा अरु छ जना प्रहरी घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार धेरै जना तालिबानी लडाकू समेत जवाफी कारबाहीमा मारिएका छन् ।

यसैगरी, उत्तरी बडाखासान प्रान्तमा भएको भिडन्तमा पाँच जना प्रहरी, दुई जना स्थानीय नागरिक तथा आठ जना तालिबानी लडाकू मारिएको अफगान सेनाका प्रेस अधिकृत हादी जमालेले बताए । यी दुबै घटनाका बारेमा तालिबान र सरकारी पक्षको आधिकारिक भनाई सार्वजनिक भइ नसकेको बताइएको छ ।