नेपाल मेडिसिटीका चिकित्सक सहितको हेलिकप्टर बारामा

होमल्याण्ड खबर

२०७५ चैत्र १८ गते, सोमबार १३:०० मा प्रकाशित

नेपाल मेडिसिटी अस्पतालको चिकित्सक सहितको टोली बारामा पुगेको छ । उक्त चिकित्सक सहिलको आवश्यक मेडिकल उपकरण सहित हेलिकप्टर बारामा पुगेको हो ।

बारामा गए राती भएको भिषण हावाहुरीका कारण दूर्घटनामा परेका घाइतेहरुको उद्धार एवं उपचारका लागि नेपाल मेडिसिटी अस्पतालले आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको छ ।
त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि यति बेला बारामा पुगेका छन् ।