३० फाल्गुन २०८२, शनिबार
बारा र पर्सामा भीषण हावाहुरीका कारण भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।
सोमबार समवेदना सन्देश जारी गर्दै आइतबार साँझ आएको हावाहुरीबाट भएको जनधनको क्षतिको दुःखद् खबरले आफू स्तब्ध भएको बताएका हुन् ।


उनको सन्देशमा प्राकृतिक विपद्को घडीमा दिवंगत आत्माप्रति श्रद्धाभाव राख्दै पीडितहरूमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गरेको उल्लेख छ ।