विशेष समितिद्वारा न्यायाधीशविरुद्ध उजुरी आह्वान

होमल्याण्ड खबर

२०७५ चैत्र २१ गते, बिहीबार १५:१९ मा प्रकाशित

संसदीय सुनुवाई विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तीका लागि सिफारिस पाँच जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका पाँचै जना न्यायाधिशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानवीन गरी प्रस्तावित न्यायाधीशहरुको सुनुवाई गर्ने समितिले बताएको छ ।

समितिले गत चैत्र १८ गते बसेको न्याय परिषद बैठकले पूर्व महान्यायाधीवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी, उच्च अदालत, पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत, सुर्खेतकी मुख्य न्यायाधीश सुष्मालता माथेमा र अधिवक्ता मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तीका लागि सिफारिस गरेको थियो ।