भरतपुरमा आमा, छोरी र छोराले एकै ठाउँमा पासो लगाएर गरे आत्महत्या

होमल्याण्ड खबर

२०७५ चैत्र २२ गते, शुक्रबार ११:५४ मा प्रकाशित

भरतपुर महानगरपालिका—१८ चनौलीमा एकै परिवारका तीन जनाले झुन्डिएर सामूहिक आत्महत्या गरेका छन्। उनीहरु आफ्नै आमा, छोरी र छोरा रहेको बताइएको छ ।

आत्महत्या गर्नेमा ३५ वर्षीय आमा माया मगर, १५ वर्षीय छोरी बिनिता मगर र १३ वर्षीय छोरा विवेश मगर रहेका छन् । उनीहरुले एकैठाउँमा पासो लगाई आत्महत्या गरेको चितवन प्रहरी प्रवक्ता दुर्गा राज रेग्मीले नेपाल तारालाई जानकारी दिएका छन् ।

घटनाको सम्बन्धमा अन्य अनुसन्धान भइरहेको बताइएको छ ।