३० फाल्गुन २०८२, शनिबार
ललितपुर सानेपा नजिकै नयाँबाटोमा ट्रकले हात्ती गाडीलाई ठक्कर दिंदा तिन जनाको घटनास्थलमै मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १२ बजे जनक शिक्षा सामग्री केन्द्रको ना१घ५३३ नम्बरको ट्रक अनियन्त्रित भई बा४च२१३१ नम्बरको भ्यानलाई ठक्कर दिएको हो ।


मृतकको परिचय खुल्न नसकेको र अल्का अस्पतालमा शव राखिएको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।
ट्रक बाटोमा पल्टिएको छ । दुर्घटनापछि उक्त क्षेत्रमा यायातात आवागमन प्रभावित भएको छ ।

