धरानमा बस दुर्घटनाः ४ जनाको मृत्यु, २५ जनाभन्दा बढी यात्रु घाइते

होमल्याण्ड खबर

२०७५ चैत्र २५ गते, सोमबार १५:०० मा प्रकाशित

धरानमा बस दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

धनकुटाबाट धरानका लागि छुटेको ना६ख२७१३ २७१३ नम्बरको बस दिउँसो १ः१५ बजे जिरो पोइन्टमा दुर्घटना भएको हो ।

घाइतेहरुको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको डीएसपी ज्ञानेन्द्र फुयाँलले नेपाल तारालाई जानकारी दिए।

दुर्घटनाको कारण र घाइतेहरुको अवस्था बुझ्ने कार्य जारी रहेको समेत उनले जानकारी दिए ।