६ जीबी र्यामसहितको ‘कुल प्ले सिक्स’ स्मार्टफोन नेपालमा

होमल्याण्ड खबर

२०७४ माघ २६ गते, शुक्रबार ११:५५ मा प्रकाशित

कुलप्याड कम्पनीले आफ्नो पछिल्लो उत्पादन कुल प्ले सिक्स नेपाली बजारमा भित्र्याएको छ । गत वर्ष कुल सी वान मोबाइल सार्वजनिक गर्दै नेपाल प्रवेश गरेको यो चिनिया कम्पनीले सीमित मोडेल मात्र बजारमा ल्याइरहको छ ।
६ जीवी र्याम, १.८ गीगाहर्जको अक्टाकोर क्वालकम स्न्यापड्रागन ६५३ प्रोसेसर र ग्राफिक्सका लागि एड्रेनो ५१० जीपीय जडित कुल प्ले सिकसलाई गेमिङ स्मार्टफोनको मोडेल हो । मोबायल फोनमा हेभी गेम खेल्न चाहने युवापुस्ताका लागि यो फोन आकर्षणको केन्द्र बन्न सक्ने कम्पनीको दाबी छ । नेपाली बजारमा कुल प्ले सिक्स कालो र सुनौलो रंगहरूमा उपलब्ध रहेको जानकारी कम्पनीले दिएको छ । तर यसको मूल्य भने अझै खुलाइएको छैन । भारतमा भने यसको मूल्य १५ हजार भारुमा अनलाइनमा विक्री भएको छ ।
फोनमा तीन सय घण्टाको स्ट्यायण्डर्ड समय दिने क्षमता भएको चार हजार एमएएचको ब्याट्रि प्याक राखिएको छ । ५.५ इन्चको आईपीएस फूलएडची डिस्प्ले, सिक्सपी लेन्स तथा एफ २.० अर्पाचर सहितको १३ मेगापिक्सेलको ड्यूल रियर क्यामरा, एन्ड्रोयड नुगट ७.१.१ अपरेटिंग सिस्टम र आफ्नै यूआई समेत हुनु फोनको विशेषता हो । फोन भविश्यमा ओरियो ८.० मा अपडेट हुने कम्पनीले जनाएको छ । कुल प्ले सिक्स स्मार्टफोनमा लाइटनिंग डिभाइस चार्जिङ्ग सुधिवा रहेको छ । यसमा यूएसबी टाइप सी प्रयोग गरिएको छ ।