३० फाल्गुन २०८२, शनिबार
जन्मका आधारमा नागरिकता लिएकाका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन गृह मन्त्रालयले गरेको परिपत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।
समाचारमा लेखिएको छ, न्यायाधीश पुरुषोत्तम भण्डारीको इजलासले सोमबार गृहको निर्णय रोक्न आदेश दिएको हो ।


यसअघि न्यायाधीश भण्डारी र हरिकृष्ण कार्कीको संयुक्त इजलासले २ फागुन ०७३ मा जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन फैसला गरेका थिए ।
न्यायाधीश भण्डारीले आफैंले गरेको फैसलाविपरीत अन्तरिम आदेश दिएका हुन् ।