भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सबै नाका आजदेखि बन्द

होमल्याण्ड खबर

२०७५ चैत्र २६ गते, मंगलवार १४:०७ मा प्रकाशित

भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द भएका छन् ।

बिहीबार अर्थात चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका आजदेखि नै बन्द गरिएको हो ।

यसअघि भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको थियो ।

उक्त बैठकमा सीमा क्षेत्रमा हुने चुनावलाई शान्तिपूर्वक सम्पन्न गर्न, मानव बेचबिखन नियन्त्रण, वन्यजन्तु तथा वनस्पति पदार्थ चोरी सिकारी नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, लागुपदार्थ ओसारपसार रोकथाम, सीमा सुरक्षाका विषयमा सूचना आदानप्रदान गर्ने, सीमामा संयुक्त सुरक्षा गस्ती गर्ने गरिने सन्दर्भमा समेत उक्त बैठकमा छलफल भएको थियो ।

आकस्मिक रुपमा कुनै कामले सीमावारपार गर्नुपरेमा दुईपक्षिय समझदारीमा आवतजावत गर्न सकिने सम्झौंता भएको प्रहरीले जनाएको छ ।

बन्दपछि अहिले सीमा क्षेत्रमा पूर्ण रुपमा ठाप्प छ । सुदुरपश्चिमबाट भारत जाने र भारतबाट नेपाल आउनेहरुले रुपेडिया नाकाको प्रयोग गर्न थालेको बताइएको छ ।