दोलखामा ४.२ म्याग्निच्यूडको परकम्पन

होमल्याण्ड खबर

२०७५ चैत्र २६ गते, मंगलवार १६:२२ मा प्रकाशित

दोलखाको आसपास भएर भुकम्पको परकम्पन गएको छ ।

मंगलबार दिउँसो १ बजेर ५ मिनेटमा दोलखाको चाँखु आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्यूडको परकम्पन आएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रले यो नयाँ भूकम्प नभई शक्तिशाली ‘गोरखा भूकम्प’कै परकम्पन भएको जनाएको छ ।

यसअघि आज बिहान मात्र दैलेख केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको परकम्पन गएको थियो ।