९ मंसिर २०८१, आईतवार
सर्वोच्च अदालतले दूरसञ्चार कम्पनी
एनसेलबाटै पुँजीगत लाभकर उठाउन
आदेश दिएको छ
। मंगलबार आएको
पूर्णपाठमा सर्वोच्च अदालतले एनसेल
खरिदबिक्रीको लाभकर तीनमहिनाभित्र असुल
गर्न ठूला करदाता
कार्यालयका नाममा आदेश दिएको
हो ।
सर्वोच्चले यस सम्बन्धी
फैसला माघ २३
गते गरेको भए
पनि पूर्णपाठ भने
मंगलबार मात्रै सार्वजनिक गरेको
हो ।
सर्वोच्चले कम्पनीको पुरानो स्वामित्व रहेको टेलियासोनेराबाट नभई एक्जियटा एनसेलबाट असुल गर्न भनेको छ । पूर्णपाठमा भनिएको छ, “स्वामित्व परिवर्तन भएको अवस्थामा एनसेलले सम्पत्ति निसर्ग गरेको नै मान्नुपर्ने देखियो । यस स्थितिमा सम्पत्तिको निसर्गबाट प्राप्त लाभमा कर तिर्नुपर्ने दायित्वबाट एनसेल मुक्त छ भन्न मिल्ने देखिएन ।”
ठूला करदाता कार्यालयका नाममा आदेश जारी गर्दै सर्वोच्चले लाभकर असुल नभएसम्म कम्पनीलाई आगामी दिनमा कुनै पनि लाभांश वितरण गर्न नदिन पनि भनेको छ ।