३० फाल्गुन २०८२, शनिबार
समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकका कारण स्वास्थ्य सेवा ठप्प रहेको वीर अस्पताल बुधबारदेखि सञ्चालन भएको छ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा सुरक्षाकर्मी परिचालन गरी बुधबार बहिरंग विभाग (ओपिडि)को टिकट वितरण गरिएको हो ।


सरकारी चिकित्सक संघ (गोदान)को आव्हानमा सरकारी चिकित्सक आन्दोलनमा उत्रिएका कारण आकस्मिक बाहेकका अन्य सेवा शुक्रबारदेखि बन्द रहेकोमा आज सुचारु भएका हुन् ।
ओपिडिको टिकट वितरण गरी सेवा सूचारु गरिएको वीर अस्पतालले बताएको छ ।