क्यानडाद्वारा नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत

होमल्याण्ड खबर

२०७४ फाल्गुन २ गते, बुधबार १२:३४ मा प्रकाशित

वर्ल्ड क्रिकेट लिग डिभिजन टु अन्र्तगत समूह चरणको अन्तिम खेलमा क्यानडाले नेपालसामु १ सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । नामिबियाको विन्डहकस्थित वान्डरर्स क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ थालेको क्यानडाले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै क्यानडाले १ सय ९४ रन बनाएको हो । श्रीमान्था बिजिरत्ने सर्वाधिक १ सय ३ रनमा अविजित रहे । हम्जा तारिकले २४, सत्सिम रन्जित धिन्द्साले १८, सादविन जाफारले १०, रुभिन्डु गुनासेकेराले ९ रन जोडे । निखिल दत्त, डिलोन हेलाइजर शुन्य रनमै पेभेलियन फर्किए । नेपालका बसन्त रेग्मीले ३, सन्दिप लामिछानेले २, शरद भेषावकर र करन केसीले एक एक विकेट लिए ।  समान ४ खेलबाट ३ मा जित र १ मा हार व्यहोरेको नेपाल र क्यानडा दुबैलाई विश्वकप छनोटमा स्थान बनाउन आजको खेल जित्नै पर्ने दबाब छ । क्यानडाका श्रीमान्था विजिरत्ने ६३ रनमा अविजित छन् ।