वाम गठबन्धनद्वारा प्रधानमन्त्रीमा दावी पेस

होमल्याण्ड खबर

२०७४ फाल्गुन ३ गते, बिहीबार ०५:२८ मा प्रकाशित

एमाले अध्यक्ष केपी शर्मा सहित वाम गठबन्धनका नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर नयाँ सरकार गठनका लागि दावी पेस गरेका छन्् । उनीहरूले राष्ट्रपतिसँग बिहान भेटवार्ता गरेर प्रधानमन्त्रीको दावी पेस गरेका हुन् ।
वाम गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ । राष्ट्रपतिलाई भेट््न एमाले अध्यक्ष ओलीसहित माओवादी र एमाले नेताहरु शितल निवास पुगेका थिए ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा वामपन्थी गठवन्धनको करिब दुई तिहाइ बहुमत छ ।