९ मंसिर २०८१, आईतवार
आम निर्वाचन चलिरहेका बेला भारतमा दुई जना प्रभावशाली नेतालाई चुनावी प्रचार प्रसारमा रोक लगाइएको छ ।
भारतको केन्द्रीय निर्वाचन आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथ र बहुजन समाजवादी पार्टीकी अध्यक्ष मायावतीलाई चुनाव प्रचारमा रोक लगाएको हो ।
आयोगका अनुसार योगीलाई तीन दिन र मायावतीलाई दुई दिन चुनावसम्बन्धी कुनै पनि क्रियाकलापमा सहभागी हुन रोक लगाइएको छ । यो रोक मंगलबार बिहान ६ बजेदेखि कार्यान्वयन हुने आयोगले जनाएको छ ।
उनीहरुको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै सर्वोच्च अदालतले उनीहरुका बारेमा जाँचबुझ गर्न आदेश दिएपछि निर्वाचन आयोगले उनीहरुलाई दोषी ठहर गर्दै कारबाहीस्वरुप प्रतिबन्ध लगाएको हो ।
भारतमा केन्द्रीय संसद लोकसभाको चुनाव गत बिहीबारबाट सुरु भएको छ । सात चरणमा हुने मतदान १९ मेमा सकिने छ ।