९ मंसिर २०८१, आईतवार
बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ र ४६ मेगावाट बिजुली उत्पादन गर्ने भेरी बबई बहुउद्देश्यीय आयोजनाको ब्रेकथ्रु गरिएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्याक्रमकाबीच ब्रेकथ्रु गरेका हुन् ।
२०७४ कात्तिक मसान्तदेखि खन्न थालिएको सुरूङ बबई नदीको किनार हात्तीखालबाट १२ किमी २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा पुगेको थियो ।
सुरूमा १६ अर्बमा बनाउने भनिएको आयोजनाको लागत अहिले बढेर ३६ अर्ब पुगेको सुरुङ निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना इञ्जिनियरिङ ओभरसिज प्रालि (कोभेक)ले टिबिएमबाट सुरूङ खनेर सम्झौताभन्दा एक वर्ष अघि नै काम सम्पन्न गरेको छ ।
सुरुङ खन्ने काम सकिए पनि त्यसका लागि आवश्यक अन्य पूर्वाधार निर्माणको काम सुरू गर्न नसकिएको आयोजनाले जनाएको छ ।
२०७७ सालमै सम्पन्न हुने बताइएतापनि यो आयोजना २०८० सालसम्म सक्ने लक्ष्य लिइएको छ ।