नेपालद्वरा ओमान १५० रनले पराजित

होमल्याण्ड खबर

२०७६ बैशाख ३ गते, मंगलवार १४:०८ मा प्रकाशित

मलेसियामा जारी आइसीसी यू –१९ एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले ओमानलाई १५० रनले पराजित गरेको छ । मंगलबार शिलानगोर ट्रफ क्लबको मैदानमा भएको चौंथो खेलमा नेपालले ओमानलाई पराजित गरेको हो ।
नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको ओमान ४४ ओभर १ बलमा अलआउट हुँदै ७९ समेटियो ।

ओमानका लागि अमनप्रित सिंह र जिल तन्नाले सर्वाधिक १३र१३ रन बनाए । यसअघि टस हारेरपहिले ब्याटिङ गरेको नेपालले ४३ ओभर २ बलमा अलआउट हुँदै २२९ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ७५, प्रतिष जिसीले ४१ तथा भिम सार्कीले ३९, अविशेक बस्नेतले १५ रन जोड्दा रित गौतम १० रनमा आउट भए ।

ओमानका मुजाहिर राजा, संजय रबिन्द्र, जिल तन्ना र अजम अलीले समान २र२ विकेट लिए ।
ओमानलाई हराएसंगै नेपालले विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ ।
अब नेपालले अन्तिम खेलमा बिहिबार कुवेतसँग खेल्नेछ ।