गुल्मीमा बन्दको पूर्ण प्रभाव

होमल्याण्ड खबर

२०७६ बैशाख ५ गते, बिहीबार १३:२६ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव गुल्मीमा पूर्ण रुपमा परेको छ।

जिल्लाको प्रमुख नाका रिडीबाट बाहिरिने र भित्रिने कुनै पनि सार्वजनिक र निजी सवारीसाधनहरु चल्न सकेका छैनन्।

गुल्मीका मुख्य बजारहरु तम्घास, रिडी , खैरेनी, वामीटक्सारका पसल,कलकारखाना, उद्योग सबै बन्द रहेका छन् ।

यातायातका साधनहरु नचलेका कारण यात्रुहरु अलपत्र परेका छन्। केही यात्रुहरु भने पैदल हिँडेरै गन्तव्य सम्म पुग्न थालेका छन्।

बन्दको समयमा जिल्लामा कुनै घटनाहरु नघटोस् भनेर सुरक्षा व्यवस्था समेत कडा पारिएको प्रहरीले जनाएको छ ।