३० फाल्गुन २०८२, शनिबार
सर्वोच्च अदालतका नवनियुक्त ५ न्यायाधीशले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
आइतबार राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित समारोहमा नवनियुक्त न्यायाधीशहरु प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, सुष्मालता माथेमा, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सपथ गराएका हुन् ।


आज नै प्रधानन्यायाधीश जबराले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई सपथ गराएका छन् भने राष्ट्रिय समावेशी आयोगका अध्यक्ष शान्तराज सुवेदीले सदस्य विष्णुमाया ओझालाई सपथ गराएका छन् ।
सपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा प्रमुखहरुको उपस्थिति थियो।