आगामी असारदेखि पाइपलाइनबाट तेल भित्र्याउने तयारी

होमल्याण्ड खबर

२०७६ बैशाख १० गते, मंगलवार १५:४३ मा प्रकाशित

नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा आगामी असारदेखिनै पाइपलाइनबाट तेल भित्र्याउने तयारी भइरहेको छ ।

पाइपलाइन ल्याउनका लागि रुटभित्र परेको पर्सा राष्ट्रिय निकुञ्जको साढे ५ किलोमिटर जंगल क्षेत्रका रूख कटान भइसकेका छन् । अब साढे ३ किलोमिटर जंगल क्षेत्रको रूख काट्न मात्र बाँकी रहेको र तिनीहरु पनि अब छिट्टै नै काटिन लागिएको मोतीहारी–अमलेखगन्ज परियोजले बताएको छ ।

भारतीय सिमानादेखि अमलेखगन्जसम्म ३६ किलोमिटरमध्ये ३१ किलोमिटरसम्म पाइपलाइन बिछ्याउने काम पूरा भएको  छ ।

मोतीहारी–अमलेखगन्ज परियोजनाका अनुसार अहिलेसम्म ५ किलोमिटर पाइपलाइन मात्र गाड्न बाँकी रहेको छ ।

वैशाख महिनाभित्र पाइपलाइन गाड्ने काम सकिने र जेठ महिना टेस्टिङ गरेपछि असारबाट पाइपलाइनबाटै तेल भित्रिन्छ ।