३० फाल्गुन २०८२, शनिबार
एजेन्सीः राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानका लागि सान्सीमा नेपालको झण्डा फहराइएको छ ।
राष्ट्रपतिको नेपालको निवासजस्तै देखाउनका लागि सान्सी प्रान्त सरकारले राष्ट्रपति भण्डारीलाई राखेको होटेल पिपल्स ग्रान्डको छतमा नेपालको झण्डा फहराइएको सान्सीका अधिकारीहरुले बताएका छन् ।


राष्ट्रपति भण्डारी समकक्षी सी चिनफिङको निमन्त्रणमा चीनको राजकीय भ्रमणका क्रममा बुधबार सान्सी प्रान्तको केन्द्र सियान पुगेकी थिइन।