एक वर्षमा पुनर्निर्माण सकिने प्रधानमन्त्री ओलीको दावी

होमल्याण्ड खबर

२०७६ बैशाख १२ गते, बिहीबार १२:२२ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम एक वर्षमा सकिने दावी गरेका छन् ।

क्षतिग्रस्त संरचना पुनर्निर्माणको काम युद्धस्तरमा अघि बढेकाले एक वर्ष भित्र सकिने उनको भनाइ छ ।

पुनर्निर्माणको काम सन्तोषजनक नभएको भनेर कतिपयले सरकारको आलोचना गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाइ सार्वजनिक भएको हो ।

गोरखा भूकम्पको वार्षिकीमा प्रधानमन्त्री ओलीले ट्वीटरमा लेखेका छन्, ‘सयौं वर्ष अघिदेखिका संरचनाहरु एकैछिनमा ढल्छन् र तिनीहरुको पुनर्निर्माण गर्न वर्षौं लाग्छ । हामीले युद्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउँछौं ।

गोरखा भूकम्पले सुरक्षित आवास र भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् । ट्वीट: