३० फाल्गुन २०८२, शनिबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कतार एयरको उडानद्धारा काठमाडौं आएका पोल्याण्डका नागरिक हातहतियारसहित पक्राउ परेका छन् ।
राहदानी नम्बर इएक्स १६५२४०९ वाहक एडोम रज्जर एडाडमुस विभिन्न हातहतियारसहित बुधबार साँझ पक्राउ परेका हुन् ।


भन्सार कार्यालयले चेकजाँच गर्ने क्रममा उनले बोकेको ह्याण्ड ब्यागमा मेड इन चाइना लेखिएको बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार १ थान र १७७ क्यालिबरको गोलीको प्याकेट ३ थान फेला पारी भन्सार कार्यालयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा बुझाएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको बताइएको छ ।